गोरखा
रण बहादुर शाहको पालादेखि गोरखाको कसिन्थोकमा जन्मेका रुकी भट्टदेखि हालसम्मका वंशावलीलाई निरन्तरताको लागि स्थापना भएको श्री जय रुकी भट्ट प्रतिष्ठानको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गोरखाको कसिन्थोकमा शनिबार तदर्थ समितिका अध्यक्ष ध्रुब भट्टको अध्यक्षता तथा भट्ट परिवारका जेष्ठ सदस्य रेशम प्रसाद भट्टको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको हो ।
बैचण्य गोत्रीय परिवारको एकता, आपसि मेलमिलाप, सद्भावनाको विकास, समूदायमा स्यास्थ्य, शिक्षा लगायतमा विकाश र वंशावलीको पहिचानको लागि स्थापना भएको एक बर्षमा प्रतिष्ठानले अधिवेशन गरेको थियो ।
अधिवेशनले ध्रुव कुमार भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बाशु देब भट्ट, सचिवमा सिताराम भट्ट, सह सचीवमा ,सुस्मा भट्ट, कोषाध्यक्षमा शित्तल भट्ट र सदस्यहरुमा ठाकुर प्रसाद भट्ट ,रामजी भट्ट ,परशुराम भट्ट, राधिका भट्ट ,कोपिला भट्ट र अजिब भट्ट चयन भएका छन् ।

कूलको इतिहास ,बंशाबली पनि लेखन गर्ने योजना रहेकोले तिनपुस्ते बिबरण प्रष्ट हुने गरि लिखित रूपमा उपलब्ध गराउन सबैलाई नव निर्बाचित अध्यक्ष ध्रुव कुमार भट्टले बताउनु भयो ।
कार्यक्रमा बासुदेब भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै कार्यक्रममा बगुवा चितवन सेवा समाजका अध्यक्ष ठाकुर प्रसाद भट्ट, कसिन्थोक काठमाण्डौ सेवा समाजका अध्यक्ष अजीब भट्ट, सदस्य मनोज भट्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमलाई सचिव सीताराम भट्टले सहजिकरण गर्नु भएको थियो ।