आज मितिः २०८३ श्रावण २५ गते

आज साउनको अन्तिम सोमबार शिवालयमा बोलबम मेला

काठमाण्डौं-


आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ, चितवन तथा तनहूँसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ ।

देशभर बोलबम तीर्थालुको शिवालयमा घुइँचो हुने गर्दछ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।

काठमाडौँको पशुपतिनाथ, चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाम, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत मन्दिरमा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.