आज मितिः २०८३ श्रावण २४ गते

अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

काठमाण्डौं-


झापामा अटो र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बिर्तामोड २ स्थित भित्री सडकमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा अटोमा सवार अटो चालक तयामुल हक सहित अन्य चार जना घाइते भएका हुन् ।

जसमा अटोमा सवार झापा गाउँपालिका ४ भामटोली निवासी ३५ वर्षीय सुखी बिबीको उपचारका क्रममा दिउँसो साढे १ बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त दुर्घटनामा परि घाइते अन्यको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.