दुबई-
वैदेशिक रोजगारीको सपना बोकेर विदेश पुगेका शंकर चौधरीको उद्धारको पहल समाजसेवी सपना श्रेष्ठले गर्दै हुनुहुन्छ । अहिले दुबईमा कठिन परिस्थितिमा रहेको खबर सार्वजनिक भएपछि श्रेष्ठले सहयोग गर्न लाग्नु भएको हो ।
रुपन्देहीको बुटवल–सैनामैनाका स्थानीय बासिन्दा शंकर चौधरी हाल दुबईमा पीडित अवस्थामा रहेको र उनलाई नेपाल फर्काउने पहल भइरहेको जानकारी सपनाले उद्धार न्यूजलाई जानकारी दिनु भयो ।
शंकर चौधरीलाई हाल समाजसेवी सपना श्रेष्ठको संरक्षणमा दुबईमा नै राखिएको छ। उनको मानसिक तथा व्यक्तिगत अवस्थालाई मध्यनजर गर्दै आवश्यक हेरचाह र सहयोग भइरहेको व्यवसायी सीमाले बताउनु भयो । उनलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया पनि अगाडि बढाइएको सीमाले बताउनु भयो
यस घटनामा नेपालबाट शंकर चौधरीलाई दुबई पठाउने प्रक्रियामा बसन्त र खुश्बु नाम गरेका व्यक्तिहरूको भूमिका रहेको बताइएको छ। उनीहरूले उनलाई कुन प्रक्रियाबाट विदेश पठाएका थिएरु विदेश पुगेपछि उनीमाथि के-कस्ता समस्या आइपरे र अहिले उनी यस्तो अवस्थामा कसरी पुगे यी विषयमा गम्भीर छानबिन आवश्यक देखिएको छ। उनिहरुले शुरुमा नेपाल झीकाउँछौ भने पनि अहिले सम्पर्कमा नै नआएको जनाएका छन् ।