आज मितिः २०८३ कार्तिक २४ गते

मुग्लिन नजिकै घोप्टेभिरमा सुक्खा पहिरो

काठमाण्डौ –

चितवनको मुग्लिन नजिक घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । त्यसअघि हिजो पनि पहिरो खसेको थियो तर लगत्तै सफा गरी खुलाएको भए पनि फेरि आज बिहान पहिरो खसेको हो । पहिरो पन्छाउन थालिएको छ ।

पहिरो पन्छाउन झण्डै तीन घन्टा लाग्ने अनुमान छ । पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अन्य यात्रु प्रभावित भएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.