आज मितिः २०८३ कार्तिक २४ गते

दुई वटा बिजुली पसलमा आगलागी

काठमाण्डौ –

बाँकेको नेपालगञ्ज बजारसँग जोडिएको जानकी गाउँपालिका–३ कोरियनपुरमा दुई वटा बिजुली पसलमा हिजो लक्ष्मीपूजाका दिन आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरकाअनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा झण्डै तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

चार वटा दमकल प्रयोग गरी आगो निभाइएको थियो । प्रहरी उपरीक्षक राठौरकाअनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामान नष्ट भएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.