आज मितिः २०८३ श्रावण २४ गते

सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला

काठमाण्डौं-


काभ्रेको दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ।

६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शव उनका आफन्तले पहिचान गरेका छन्।

साउन २० गते ६८ वर्षीय केदारनाथ पराजुलीले लामो समयदेखि अस्वस्थ रहेकी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका थिए। उक्त घटना मन्दिर नजिकैको दृश्य निगरानीमा समेत कैद भएको प्रहरीले जनाएको छ। घटनापछि दुवै जना नदीमा बेपत्ता भएका थिए।

केदारनाथको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.