काठमाण्डौं-
रोल्पाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिवाङ आसपास रहेको थियो। भूकम्प बिहान ३ः०७ बजे रेकर्ड गरिएको केन्द्रले जनाएको छ।
हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।