आज मितिः २०८२ असार २५ गते

शिक्षामन्त्रीमा रघुजी पन्त

चितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा स्वीकृत गर्दै उनले एमालेकै नेता पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका हुन्।

शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूको आन्दोलन चलिरहेको  बेला   शिक्षा मन्त्रालयमा सुधारका कार्यसूची बोकेर छिरेकी समाजशास्त्री भट्टराई  आफ्नै सरकार र पार्टी नेतृत्वको असहयोगका कारण निराश भइ राजिनामा दिएकी छिन ।

प्रधानमन्त्री कार्यालयको पत्रअनुसार राष्ट्रपतिबाट रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन्।  उनलाई बिहीबार शपथ गराउने तयारी छ।

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.