आज मितिः २०८२ जेष्ठ ३२ गते

पत्रपत्रिकाबाट

कडा डेंगुको क्रम बढ्दो-डा. शेरबहादुर पुन

कडा डेंगुको क्रम बढ्दो-डा. शेरबहादुर पुन

गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आएका थिए। उनमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो। यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ। गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ। तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे। यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामाकरण पनि गरिएको थियो। वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन। यसरी जटिल डेङ्गु हुनसक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने…
Read More
गगन थापा विरुद्ध अदालतमा निवेदन दर्ता

गगन थापा विरुद्ध अदालतमा निवेदन दर्ता

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापालाई अवहेलनामा कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता गरेको, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनु भयो । उक्त निवेदन माथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ । केही दिनअघि कांग्रेस महामन्त्री थापाले  ' ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता भएको हो ।
Read More
जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

जब काग बिरामी हुन्छ… यो किराहरू खोज्न जान्छ।

हो, तपाइहरुले ठीक पढ्नुभयो। जब काग अस्वस्थ महसुस गर्छ, त्यो कमिलाको बास भएको ठाउँमा जान्छ र पखेटा फिजाएर शान्त सङ्ग बस्छ र कमिलाहरूलाई आक्रमण गर्न दिन्छ। यसको एउटा विशेष कारण छ: कमिलाहरूले कागको शरीरमा फर्मिक एसिड छर्किन्छन्, जुन प्राकृतिक एन्टिप्यारासाइटिक (परजीवी हटाउने पदार्थ) को रूपमा काम गर्छ। यो एसिडले कागको छाला र पखेटामा भएका फंगल, ब्याक्टेरिया र परजीवीहरू हटाउन सहयोग गर्छ, र औषधिको आवश्यकता बिना नै कागको स्वास्थ्यमा सुधार गर्न मद्दत पुर्‍याउँछ। यस व्यवहारलाई “एन्टिङ (Anting)” भनिन्छ, र यो विभिन्न चराको प्रजातिहरूमा देखिएको छ। यो जनावरहरूको आत्म-चिकित्सा (self-medication) को एक अद्भुत उदाहरण हो। प्रकृतिको मौन बुद्धिमत्ताले हामीलाई सधैं अचम्मित बनाइरहन्छ!
Read More
अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

चितवन- चितवनमा भूमि आयोगले वितरण गरेको जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) को स्रेस्ता र नक्सा कायम नहुँदा लालपुर्जा पाएकाहरू चिन्तित भएका छन्। भरतपुर महानगरपालिका वडा नं २ स्थित आँपटारीका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीले लालपुर्जा पाएको चार वर्ष पुगे पनि अहिलेसम्म स्रेस्ता र नक्सा कायम नहुँदा जग्गा नपाइने हो कि भन्ने चिन्तामा उनीहरू रहेका हुन्। अहिलेसम्म स्रेस्ता र नक्सा नपाएपछि उनीहरूले भूमि समस्या समाधान आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन्। भूमिहीन दलित सुकुमवासी र भूमिहीन सुकुमवासीसँग ज्ञापनपत्र बुझाउन पुगेका भरतपुर महानगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले लालपुर्जा पाएकाहरूको समस्या समाधान गरिदिन अनुरोध गरेका छन्। ‘लालपुर्जा वितरण गरिएको चार वर्ष…
Read More
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, निर्णायक हुन्छ नेपाली भाषीको मत र?

वासिङ्टन डिसी - विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट ९मतदान गर्न अनिर्णित मतदाता भएको राज्य० को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो। मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली…
Read More
सुरु भयो छठ, कुन दिन के गरिन्छ ?

सुरु भयो छठ, कुन दिन के गरिन्छ ?

जलेश्वर- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लालकर्णले बताए। सत्य…
Read More
नगरवासीलाई सहुलियत शुल्कमा फूल

नगरवासीलाई सहुलियत शुल्कमा फूल

नुवाकोट- यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।   उहाँका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।   नगरप्रमुख राजन श्रेष्ठले भन्नुभयो, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।” मखमली फूल प्रतिकिलो रु तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको…
Read More
सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका छन् । ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेका हुन् ।   पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो । केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी…
Read More
देशभर देखियो हैजा, सरसफाइमा विशेष ध्यान दिऔं

देशभर देखियो हैजा, सरसफाइमा विशेष ध्यान दिऔं

काठमाडौं- स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।” हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी…
Read More
के कारणले नेपालीहरु मलेसियाको जेलमा परेका छन् ?

के कारणले नेपालीहरु मलेसियाको जेलमा परेका छन् ?

काठमाडौं-   वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति ९पिएनसीसी०, सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी ९सेस्लम० र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो। कैदमा रहेका मध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेको अध्ययनले देखाएको छ। पिएनसीसीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। अध्ययनले पिएनसीसीमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.