आज मितिः २०८३ आश्विन ३ गते

नेपाली दूतावासका प्रथम सचिवविरुद्ध उजुरी

Uddar News

काठमाडौं –

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध उजुरी परेको छ ।

एकैपटक ४२ दिनको हाजिरी गरेको आरोपमा उनलाई राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो ।

एकैचोटि हाजिर गर्नु सुशासन विरुद्धको कदम भएको उल्लेख गर्दै उजुरकर्ताले हाजिरीसम्बन्धी अनियमितता तथा आर्थिक अनुशासन उल्लंघनमा कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

‘सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वासनीयतामाथि प्रश्न उठेको तथा संवेदनशील विषयमा प्रमाण नष्ट वा प्रभावित हुन नदिन सम्बन्धित अभिलेखहरु तत्काल सुरक्षित राखी निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न उजुरीमा उल्लेख छ ।

केन्द्रकी सूचना अधिकारी सरिताकुमारी खतिवडाले उनीविरुद्ध उजुरी परेको पुष्टि गरिन् । आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ । ज.आ.

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.