आज मितिः २०८३ आश्विन २ गते

बालबालिकाको विकास, सिकाइ, व्यवहार र अभिभावकीय मार्गदर्शनका लागि एकै स्थानबाट सेवा

चितवन –

बालबालिकाको शारीरिक, मानसिक, भाषिक, सामाजिक तथा शैक्षिक विकाससँग सम्बन्धित विभिन्न सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले भरतपुर–११, चितवनमा ‘Wonder Mind Child Development & Therapy Center’ सञ्चालनमा आएको छ।

“Helping Little Minds Grow, Learn & Thrive” अर्थात् बालबालिकाको क्षमता, सिकाइ र समग्र विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रले बालबालिकाको आवश्यकता र विकासात्मक अवस्थालाई ध्यानमा राख्दै बोली तथा भाषा विकासमा सहयोग, दैनिक जीवनका सीप विकास, व्यवहार सुधार तथा व्यवस्थापन, विशेष शिक्षा तथा सिकाइमा सहयोग र अभिभावकीय परामर्श तथा मार्गदर्शनलगायतका सेवा उपलब्ध गराउने उदेश्यले संस्था संञ्चालनमा ल्याएकाे जनाएको छ ।

यहाँ बालबालिकामा बोली तथा भाषा विकासमा देखिने कठिनाइ, उच्चारणसम्बन्धी समस्या तथा सञ्चार क्षमताको विकासका लागि आवश्यक सहयोग प्रदान गरिने सञ्चालन सपना कुवरले जानकारी दिनु भयाे । त्यस्तै, हातखुट्टाको समन्वय, सूक्ष्म शारीरिक सीप, दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न कार्य आफैं गर्न सक्ने क्षमता तथा सिकाइका लागि आवश्यक आधारभूत सीप विकासमा समेत सहयोग गरिने उहाँको भनाइ छ ।

बालबालिकाको व्यवहार र सिकाइलाई सहज बनाउन सकारात्मक व्यवहार विकास, संरचित सिकाइ तथा उमेर र क्षमताअनुसार विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिने अर्का सञ्चालनक सुदीक्षा लम्सालले बताउनु भयाे। उहाँले रङ, आकार, संख्या, चित्र, खेल, जिग्स पजललगायतका सामग्री तथा गतिविधिमार्फत बालबालिकालाई रमाइलो वातावरणमा सिक्ने अवसर प्रदान गरिने जानकारी दिनु भयाे ।

त्यस्तै, बालबालिकाको विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले केन्द्रले अभिभावकका लागि आवश्यक परामर्श तथा मार्गदर्शनसमेत उपलब्ध गराउने भएको छ। बालबालिकाको अवस्था बुझ्ने, उनीहरूसँग घरमा कसरी व्यवहार गर्ने तथा घरमै सिकाइ र विकासमा सहयोग पुर्‍याउन सकिने उपायबारे पनि अभिभावकलाई आवश्यक जानकारी प्रदान गरिने जनाईएकाे छ ।

सपना कुँवर थापाको नेतृत्वमा बाल विकास सेवाको विस्तार

केन्द्रकी सञ्चालक सपना कुँवर थापा बालबालिकाको विकास र सिकाइका क्षेत्रमा आवश्यक पर्ने विभिन्न सेवाहरू एउटै स्थानबाट उपलब्ध गराउने वातावरण निर्माण गर्ने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको बताउँछिन्।


बालबालिकाको क्षमता र आवश्यकताअनुसार सहयोग उपलब्ध गराउनुका साथै अभिभावकलाई समेत आवश्यक परामर्श प्रदान गर्ने अवधारणाले केन्द्रको सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाई छ।  बालबालिकाको प्रारम्भिक विकासलाई उचित ढंगले अघि बढाउन परिवार र विशेषज्ञबीचको सहकार्य आवश्यक हुने भएकाले त्यसतर्फ समेत केन्द्रले जोड दिएको जनाइएको छ।

सुदीक्षा लम्सालको सहकार्यमा समग्र विकासमा जोड
केन्द्रकी अर्की सञ्चालक सुदीक्षा लम्साल बालबालिकाको सिकाइ, व्यवहार तथा समग्र विकासलाई केन्द्रमा राखेर सेवा सञ्चालन गरिएको बताउनु भयाे।


बालबालिकामा देखिने फरक–फरक आवश्यकता पहिचान गरी उनीहरूको क्षमता र रुचिअनुसार सिकाइ तथा विकासका गतिविधि सञ्चालन गर्ने उद्देश्य केन्द्रको रहेको उहाँको भनाई छ । बालबालिकालाई दबाबरहित र सहज वातावरणमा सिक्ने अवसर उपलब्ध गराउँदै उनीहरूको आत्मविश्वास तथा दैनिक जीवनका सीप विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ।

केन्द्रमा भारतबाट अनुभवी उपचार विशेषज्ञ तथा बालबालिकाको सिकाइमा सहजीकरण गर्ने प्रशिक्षक रहेको संस्थाले जनाएको छ ।
यसबाट बालबालिकाको आवश्यकता र अवस्थाअनुसार थप विशेषज्ञ सेवा तथा सिकाइमा सहयोग उपलब्ध गराउने लक्ष्य केन्द्रले लिएको छ।
बालबालिकाको विकासका क्रममा बोली तथा भाषा, व्यवहार, सिकाइ, शारीरिक समन्वय र सामाजिक सीपमा देखिने आवश्यकतालाई समयमै पहिचान गरी उचित सहयोग उपलब्ध गराउन सके उनीहरूको दैनिक जीवन तथा भविष्यको सिकाइमा समेत सहयोग पुग्ने भएकाले यस्ता सेवाको आवश्यकता महत्वपूर्ण रहेको केन्द्रको भनाइ छ।
बालबालिका र अभिभावकलाई आवश्यक सेवा तथा मार्गदर्शन एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको Wonder Mind Child Development & Therapy Center ले चितवनमा बाल विकास तथा सिकाइसँग सम्बन्धित सेवाको पहुँच विस्तार गरेर लैजाने केन्द्रले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.