आज मितिः २०८३ आश्विन १ गते

एशियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डौ –

जापानमा हुने एशियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले हिजो दीपेन्द्रसिंह ऐरीको कप्तानीमा कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, रहेका छन् ।

नेपालले एशियन गेम्समा क्रिकेटमार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएको छ । खेल आउँदो असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.