आज मितिः २०८३ आश्विन ४ गते

रोनाल्डो शनिबार बिहान बरन्डाभार वनक्षेत्रमा मृत भेटिए

चितवन

चितवनको रोनाल्डो हात्ती शनिबार बिहान बरन्डाभार वनक्षेत्रको कुमाल तालनजिकै मरेको अवस्थामा भेटिएको छ ।

हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको बताए । “बिजुलीको पोल आफैँले ढालेछ । त्यही माथि तार नै मुखमा चपाएपछि रोनाल्डो त्यहीँ नै करेन्ट लागेर ढलेछ,” उनले भने ।

रोनाल्डोको शनिबार नै पशु चिकित्सकहरूले पोस्टमार्टम गरी अन्तिम संस्कारसमेत गरेका छन् । पोथी हात्तीलाई प्राकृतिक रूपमा प्रजनन गराउने प्रमुख जङ्गली भाले हात्तीमध्ये रोनाल्डो महत्वपूर्ण थियो ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वपशु चिकित्सक डा.विजय श्रेष्ठ रोनाल्डो पहिलो पटक सन् २००२ मा चितवनमा देखिएको बताए । “त्यतिबेला विश्व फुटबलमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो चर्चामा थिए । उनले बललाई जताबाट छिराएर पनि गोलपोस्टमा चुमाउँथे ।

त्यसरी नै रोनाल्डोले पनि ढोईको भावना बुझेर सहवासमा रमाउने भएकाले कर्मचारीले त्यही खेलाडीको नामबाट जङ्गली भाले हात्तीको नाम पनि ‘रोनाल्डो’ राखेको उनको भनाइ छ । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र, विशेष गरी सौराहा र खोरसोर आसपासका क्षेत्रमा बस्दै आएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.