आज मितिः २०८३ श्रावण २२ गते

तुलसीपुर बनगाउँका एक युवक मृत फेला

काठमाण्डौं-

तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका एक युवक मृत फेला परेका छन् ।

स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकलसहित दुर्घटनामा परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।

डिएसपी पराजुलीका अनुसार उनी आफ्नै आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल सडक किनारमा खुट्टा च्यापेर लडेको अवस्थामा फेला परेको थियो । ‘छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी सडक किनारमा पल्टिएको अनुमान छ,’ डिएसपी पराजुलीले भने, ‘हेलमेट पनि नलगाएकाले दुर्घटना गम्भीर भएको देखियो।’

पेट्रोल सकिए पछि पेट्रोल ल्याउन भनेर उनी घर बाट आफ्नै मोटरसाइकल लिएर सुकौरा पुगेर फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेका थिए।

परिवारका एक्ला सन्तान उनी अटो चलाउँथे।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.