आज मितिः २०८३ श्रावण २२ गते

चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रातोगिता हुँदै

चितवन-


चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो बर्ष पनि तीज गीत प्रातोगिता गर्दैछ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागेको हो ।

विगत १३ वर्ष देखी सुरक्षित आप्रवास तथा सामाजिक एवं मानवीय परोपकारी कार्यमा सक्रिय रहदै आएको यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रातोगिता हो ।

समितिले आऊदो भदौ २० गते शनिवारका दिन जिल्लाको माडीको बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा “तेश्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८३”आयोजन गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगितात्मक कार्यक्रममा आयोजकले पुरस्कारको प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार तथा सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने सचिव अर्जुन अधिकारीले बताउनु भयो ।

कार्यक्रममा सहभागी महिला तथा दिदीबहिनीका लागि निःशुल्क तीजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लालबहादुर भट्टले बताउनुभयो। समाजले प्रतियोगितामार्फत नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदीबहिनीलाई प्रतियोगितामा सहभागी हुन अध्यक्ष भट्टले आग्रह गर्नु भएको छ ।

समितिले माडीका बिभिन्न वड़ा कार्यालयदेखि, महिला समूह,टोल सुधार समिति ,लगायत माडी नगरपालिका कार्यालयदेखि इलाका प्रहरी कार्यालय सुरक्षानिकाय संग समन्वय एवं छलफल गर्नूका साथै माड़ी स्थित विभिन्न व्यवसायी व्यक्तिहरूसंग पनी भेटघाट र छलफल गरेको सस्थाका सचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुंजले आयोजना गरेको सेक्टर स्तरीय अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा पनि सस्थाले आफनो कार्यक्रमको प्रचारप्रसारलाई तीव्रता दिदै जिल्ला स्तरीय यस तीज गीत प्रतियोगीता कार्यक्रममा सम्पूर्ण माड़ी नगरवासी महिला,आम,दीदी बहिनी हरू लाई कार्यक्रममा भागलिई नेपाली कला(संस्कृति,रीतिरिवाज एवं परम्परा को जागेर्न गर्दै कार्यक्रम लाई सफल परिदिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ।


कार्यक्रमको प्रत्यक्ष प्रशारण आधिकारीक मिडिया उद्धार मिडियाले गर्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.