आज मितिः २०८३ भाद्र २५ गते

पहिरो खसेपछि काठमाण्डौ-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध

काठमाण्डौ –

धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ ।

बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.