काठमाण्डौ–
हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमाकाठमाण्डौ- धादिङको थाक्रे गाउँपालिका–७ सोपाङखोलामा पहिरो खसेपछि अवरुद्ध काठमाण्डौ–हेटौडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।
बिहानैदेखि चार वटा उपकरण प्रयोग गरेर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।सडकमा अझै माटो सफा गर्ने काम भने भइरहेको छ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले हेटौँडा– काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।