काठमाडौँ-
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
उनले २ हजार ३०८ मत ल्याउँदै खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
कांग्रेसको केन्द्रीय सदस्यमा विजय भएपछि सामाजिक सञ्जालमा खुसी सेयर गर्दै साथ र सहयोग गर्नेहरूप्रति उनले आभार व्यक्त गरेकी छन् ।