आज मितिः २०८३ मंसिर ४ गते

सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ

सुनसरी-


सुनसरी धरान उपमहानगरपालिकामा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थाका संस्थापक शिवकुमार विश्वकर्मा ९लामिछाने० र धरान उपमहानगरपालिका अस्मिता भण्डारी रहेको सुनसरीका प्रहरीले जानकारी दिएको छ ।

दुवै जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका भण्डारी बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमिति सदस्य, ग्राहक सेवा ९कस्टमर केयर० कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्य हुन् ।

सहकारीसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको छ । शङ्कर थापा सहित चार हजार २४३ जनाको जाहेरीका आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस मुद्धामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया बिगो दाबी रहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.