आज मितिः २०८३ आश्विन १९ गते

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र, यस्तो छ कार्यतालिका

काठमाण्डौ – आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रसँगै केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ ।
हिजो महाधिवेशन उद्घाटन भएपछि सोमबार बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम छ ।

बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । यसअनुसार आज बेलुकी ५ः०० बजे मतदाता नामावली प्रकाशन,५ः०० बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै भोलि बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, दिउँसो ४ः३० बजे अन्तिम नामावली प्रकाशन, ४ः३० बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

यसैगरी पर्सि २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचारप्रसार गर्न पाइने र २२ गते बिहान ७ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म मतदानको कार्यतालिका रहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.