आज मितिः २०८३ आश्विन १८ गते

भारत र फ्रान्समा आन्दोलन चर्कदै

Uddar News

काठमाण्डौ –

मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा आन्दोलन चर्कदै गएको छ।

कक्रोच जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनका क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेलगत्तै आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् । उनिहरुले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले अक्टोबर १० मा दिल्लीको जन्तर–मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको जनाएको हो।

यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा शिक्षा क्षेत्रको अवस्था सुधारको माग गर्दै सयौँ विद्यालय प्रभावित हुने गरी विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ ।

विद्यार्थीहरूले कक्षाकोठामा अत्यधिक विद्यार्थी संख्या, शिक्षक तथा कर्मचारीको अभाव, विद्यालय भवनको कमजोर अवस्था र शिक्षा क्षेत्रमा पर्याप्त लगानी नभएको लगायतका विषय उठाएका छन् । सेप्टेम्बर २१ बाट सुरु भएको विद्यार्थी आन्दोलन राजधानी पेरिस आसपासबाट देशका अन्य क्षेत्रमा फैलिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.