आज मितिः २०८३ कार्तिक १२ गते

पक्राउ पुर्जी जारी भएका व्यक्ति सम्पर्कमा आउन वैदेशिक रोजगार विभागको आग्रह

काठमाण्डौ –


वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले सूचना निकाल्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका तर अहिलेसम्म सम्पर्कमा नआएका व्यक्तिलाई विभाग वा प्रहरीको सम्पर्कमा आउन भनेको हो ।

विभागका अनुसार तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन २०६४ लगायत प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । त्यस्ता व्यक्तिको बैंक खाताको कारोबार रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्नेलगायत कानूनी कारबाही अघि बढाइने विभागले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.