आज मितिः २०८३ जेष्ठ ७ गते

झापाको हल्दीबारीमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाण्डौ-

झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार खड्काले जानकारी दिनुभयो ।

उनले मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा भण्डारीले धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि आफूले श्रीमतीको हत्या गरेको भन्दै छिमेकीलाई बताउँदै हिँडेका भण्डारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

मृतक उर्मिलाका एक छोरा र एक छोरी रहेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.