आज मितिः २०८३ बैशाख ९ गते

प्रित नै प्रित- गोबिन्द राज ओझा “राजन”

गीत
प्रित नै प्रित, मायाको भेट,
तिमिलाई भेट्न मन सजाउँछ।
मुसुक्क हाँस्दा तिमी एकपल्ट,
मेरो मन सपनामा हराउँछ।
सपनाको संसारमा म त भुलेँ,
होस हरायो, मनै मन डुलाउँछ।
तिमी हाँसेपछि हिमाल पनि,
मुस्कानले आकाश छुन खोज्छ।
माया नै माया, प्रित नै प्रित,
आँखामा सपना साँचेर राखेको।
जुन जस्ती, फूल जस्ती तिमी,
मनको बगैंचामा फुलेर बसेको।
गाउँ–बेसीमा बतास सुसेल्दै,
तिम्रो यादले मन बोलाउँछ।
छिटो आऊ, एकचोटि भेटौं,
माया के हो, मनले बुझाउँछ।
-गोबिन्द राज ओझा “राजन”
By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.