आज मितिः २०८३ श्रावण २२ गते

गायक तथा सर्जक नेत्र जी पन्तको मौलिक लोक भजन “रक्षा गर पशुपति” सार्वजनिक

चितवन –

लोकप्रिय सर्जक तथा गायक नेत्र जी पन्तको मौलिक लोक भजन ‘रक्षा गर पशुपति’ सार्वजनिक भएको छ।

धर्म, संस्कृति र मौलिक लोकभजनको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यलाई केन्द्रमा राखेर तयार गरिएको भजनले नेपाली मौलिकता, धार्मिक आस्था र सांस्कृतिक भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पशुपतिनाथप्रतिको श्रद्धा, आस्था र विश्वासलाई मूल भाव बनाइएको रक्षा गर पशुपतिमा नेपाली लोकभजनको मौलिक स्वादसँगै समसामयिक प्रस्तुति समेटिएको छ ।

भजनमार्फत नेपाली समाजको धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुयाउने प्रयास गरिएको सर्जक नेत्र जी पन्तले बताएका छन् ।भजनमा नेत्र जी पन्त र सुमित्रा कोइरालाको स्वर रहेको छ भने लय तथा शब्द नेत्र जी पन्तकै रहेको छ। मौलिक लोकधुन र धार्मिक भावनालाई आत्मसात् गर्दै तयार पारिएको भजनले नेपाली लोकभजनको परम्परालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

भजनको रेकर्डिङ महक रेकर्डिङ स्टुडियो, वनस्थली, काठमाडौंमा गरिएको हो। यमन खनालले रेकर्डिङ गरेका छन् भने हेमराज डांगीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। ‘रक्षा गर पशुपति’ को दृश्य निर्माणलाई पनि विशेष महत्व दिइएको छ । भजनमा नेत्र जी पन्त र लक्ष्मी घिमिरेले अभिनय गरेका छन् । अन्जित वोहराको कोरियोग्राफी रहेको भिडियोमा पुजन लामिछाने र कृष्ण प्रसाद देवकोटाले छायांकन गरेका छन्।

भिडियोको निर्माण ह्याप्पी मिडिया नेटवर्क, रत्ननगर, चितवनले गरेको हो । रामु आचार्यको सम्पादन तथा निर्देशन रहेको भजनको निर्माता सकुन्तला पन्त हुन् । मौलिक लोकभजन केवल मनोरञ्जनको माध्यम नभई नेपाली धर्म, संस्कृति, परम्परा र सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको सर्जक पन्तको धारणा छ। यही उद्देश्यलाई आत्मसात् गर्दै रक्षा गर पशुपति मार्फत धार्मिक आस्था र मौलिक लोकसंस्कृतिलाई एकसाथ प्रस्तुत गरिएको छ ।

विशेषगरी पछिल्लो समय मौलिक लोकभजन तथा परम्परागत सांगीतिक सिर्जनामा आधुनिक शैलीको प्रभाव बढिरहेका बेला नेपाली धर्म-संस्कृति र मौलिक लोकधुनको पहिचान जोगाउने सन्देशसहित आएको ‘रक्षा गर पशुपति **ले मौलिक सांगीतिक सिर्जनालाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

भजनका सर्जक, कलाकार तथा निर्माण टिमले नयाँ पुस्तालाई नेपाली धर्म, संस्कृति, संस्कार र मौलिक लोकसंगीतसँग जोड्न यस्ता सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। ‘रक्षा गर पशुपति’ सहकार्य म्युजिक प्रा. लि. मार्फत सार्वजनिक गरिएको हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.