आज मितिः २०८३ जेष्ठ २७ गते

गजल

गजल-

 

दुखेपनि हाँसिरहेको, अभिनय देखाउनुपर्ने,
मनमा कति चोटहरु,छन् मल्हम लगाउनुपर्ने,

 

न बिर्सेर बाँच्न सकियो न एकअर्काको हुन
यो कस्तो प्रेम गरियो,भित्रभित्रै लुकाउनुपर्ने,

 

कल्पामा तिम्रै छातीको सिरानी हालिरहन्छु
बाध्यता छ बोलिसम्म ,नसुनि निदाउनुपर्ने,

 

नजर जुधाए मात्रै चरित्र केलाउछ दुनियाँ,
हेरन! कसरी प्रेम र, अस्तित्व बचाउनुपर्ने

 

ए जिन्दगी मलाई पनि बुझ्ने कोसिस गर न है,
मसँग केहि बाँकी छैन तँलाई बुझाउनुपर्ने ।।

सृष्टि सावित्रा✍️

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.