आज मितिः २०८३ जेष्ठ २७ गते

एसीसी महिला टी–२० मा नेपालले थाइल्याण्डसँग क्वार्टरफाइनल खेल्दै

काठमाण्डौ –

नेपालले आज थाइल्याण्डसँग एसीसी महिला टी–२० प्रिमियर कप क्वार्टरफाइनल खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु भएको हो। समूह ‘ए’ को विजेताका रूपमा थाइल्याण्ड तथा समूह ‘डी’ को उपविजेताका रूपमा नेपाल क्वार्टरफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनुपर्नेछ ।

नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो । त्यसअघि नेपालले कतारलाई ८ विकेट र भुटानलाई ५१ रनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । थाइल्याण्डले जापान, म्यानमार, मङ्गोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो ।

नेपाल र थाइल्याण्डबीच अहिलेसम्म ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । ती सबै खेलमा नेपाल पराजित भएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.