काठमाण्डौ –
इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको हो ।
परीक्षा शुल्क धेरै र व्यवस्थापन राम्रो नभएको भन्दै परीक्षार्थीहरूले मंगलबार प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । इन्टरनेश्नल क्वालिफिकेसन प्रालि ९सीआईआईएन०ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो ।
सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत दिने उल्लेख गरिएको छ ।