आज मितिः २०८३ जेष्ठ २७ गते

इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

काठमाण्डौ –

 

इरानले अमेरिकाको हेलिकप्टर खसालेको भन्दै बदलामा इरानमाथि जवाफी आक्रमण गरेको जनाएको छ ।

इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार पर्सिअन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए । यो मिशन इरानको अनुचित आक्रमणविरुद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

अमेरिकी सामुद्रिक ड्रोनबाट अपाचे हेलिकप्टरका दुई जना चालक दलका सदस्यलाई उद्धार गरिएको सेन्टकमले जनाएको छ । यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो ।

इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता नरहेको जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.