आज मितिः २०८३ जेष्ठ २८ गते

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ 

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकाठमाडौं-

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्का । काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

 

निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.