आज मितिः २०८२ कार्तिक २३ गते

रञ्जु काफ्लेको स्वरमा मौलिक तिहार गीत “भैलिराम” सार्वजनिक

  • २ कार्तिक, रत्ननगर ।
  • कृष्ण प्रसाद देवकोटा ।

अहिले तिहारको रौनकले गाउँ शहर झिलिमिली भएको छ । यहि पर्वलाई लक्षित गर्दै चितवनकी गायिका  रञ्जु  काफ्लेको  स्वरमा  मौलिक  तिहार गीत  “भैलिराम” सार्वजनिक गरिएको छ । गीतमा तिहार अन्तर्गत ५ दिन सम्म मनाईने काग तिहार, कुकुर तिहार, लक्ष्मीपुजा, गाई तिहार, गोबर्द्धन पुजा तथा भाईटिकाको महत्वलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । ऋषि तिवारीको मनमोहक शव्दलाई चितवनमा रहेर विगत २ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान गरिरहेका किशोर तिवारीले संगीत भरेका छन् भने संगीत संयोजन समेत किशोरको नै रहेको छ । ए टु स्टुडियो चितवनमा रेकर्ड गरिएको गीतको भिडियोले विशेष महिलावर्गले गाईने भैलो संस्कृतिलाई संरक्षण गरेको छ ।   गीतमा रञ्जु काफ्ले, लक्ष्मण नेपाल, रबि रोशी, टिकाराम शर्मा लामिछाने,  ऋषि तिवारी,  चेतराज कंडेल,  रिंकु काफ्ले, समुन्नति अर्याल, कृष्ण भट्ट, श्रेया लामिछाने, श्रीजा लामिछाने, सुप्रिया लामिछाने, प्रतुषा बानिया, संजीवनी श्रेष्ठ, अभ्नी भट्ट, आध्या बजगाई,  आरोही रिमाल लगायतको अभिनय देख्न सकिन्छ ।  गीतको छायांकन  कृष्ण प्रसाद देवकोटाले गरेका हुन्  भने सहायक निर्देशनको भूमिका पुजन लामिछानेले निभाएका छन् ।   ह्याप्पी मिडियाले पोस्ट प्रोडक्सन गरेको गीतको सम्पादन तथा निर्देशन भने रामु आचार्यले गरेका हुन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.