आज मितिः २०८३ कार्तिक ९ गते

एकैदिन ३३६ सवारीचालक कारबाहीमा

काठमाण्डौ-


काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ चालक कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमध्ये मदीरापान गरी सवारी साधन चलाउने १०२ जना रहेका कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यस्तै सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा गाडी चलाउने २०, तीव्र गतिमा गाडी चलाउने ५७, हर्न बजाएर गाडी चलाउने आठ जना कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.