काठमाण्डौ –
कतारमा आयोजना हुने एसीसी पुरुष एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ ।
एशियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर ४ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्ने भएको हो ।
दोहाको वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । नेपालले समूह चरणको दोस्रो खेल मंसिर ६ गते यूएईसँग खेल्नेछ ।
मंसिर ३ देखि सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् ।