आज मितिः २०८३ आश्विन २२ गते

कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने

काठमाडौं-


नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै नोभेम्बर ५ तारिख वा कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने छन् ।

मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट एफडब्लुसिएमएस सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको हो।


बेस्टिनेटले असोज २० गते जारी गरेको मेमो अनुसार नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका भिडिआर प्रक्रियाका लागि विभिन्न कटअफ मिति तोकिएको छ । मलेसिया सरकारसँग आबद्ध वैदेशिक श्रमिकको प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएनविएचडीले नेपालका लागि विद्यमान भर्ती व्यवस्थाबाट पिआरए र ९एआरए० प्रणालीमा जाने जानकारी दिएको छ ।

पहिलोको व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि १५ अक्टोबर २०२६ अन्तिम मिति तोकिएको छ । उक्त मितिसम्म श्रमिकको बायोमेडिकल विवरण एफडब्लुसिएमएसमा दर्ता भएर रेकर्ड कायम भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ । मेडिकल सेन्टरले त्यसअघि नै पहिचान तथा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनर्परीक्षण, मेडिकल समीक्षा वा रेकर्ड सच्याउन बाँकी मुद्दा टुङ्ग्याउनुपर्ने छ ।

मलेसियाले नेपालका लागि अहिले कायम रहेका श्रमिक पठाउने व्यवस्थाबाट पिआरए र एआरए प्रणालीमा लैजाने तयारी गरेको जनाएको छ । पिआरएमा २५ म्यानपावर एजेन्सी छन् भने एआरएमा २५० वटा रहेको मेमोमा उल्लेख छ ।

नेपालले २५ र २५० म्यानपावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा असहमति जनाउँदै ती म्यानपावरको मलेसियाको पूर्वश्रमस्वीकृति रोक्का गरेर उनीहरूको विगतको अवस्था अध्ययन सुरु गरेको जनाएको छ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाबाट आएको मेमो निजी स्तरबाट भएकाले त्यसको कार्यान्वयन नहुने तर्क गर्नुभयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.