अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन् ।
रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न हुने भएकोले राष्ट्रपति ट्रम्पले यस्ता आक्रमण रोक्न आग्रह गरेका हुन् ।
। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।
इन्धनको आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्तामध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ । अर्कोतर्फ मध्यपूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर परिरहेको छ । यो अवस्थाकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुसका इन्धनसम्बन्धी संरचनामाथिको आक्रमण रोक्न आग्रह गरेका हुन् ।