आज मितिः २०८३ कार्तिक ६ गते

ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनोको ज्यान गयो

काठमाण्डौ –

साउदी अरबको तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो ।

मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।
साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तब्य देश हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.