आज मितिः २०८३ कार्तिक ७ गते

तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि शुरु हुँदै

काठमाण्डौ –

तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि कीर्तिपुरमा शुरु हुँदैछ । साथै टिकट पनि खुला भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले विहीबार टिकट दर तय गरेसँगै ई–सेवामार्फत टिकट किन्न सकिने भएको हो । क्यानले लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय गरेको छ । साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको छ ।

यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ कायम गरिएको छ ।
एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.