आज मितिः २०८३ कार्तिक ५ गते

रोनाल्डोलाई तोकियो २५५ युरो जरिवाना


काठमाण्डौ –


फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ ।

प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् ।

रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए ।
प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा उनलाई ३० दिन निलम्बन पनि गरिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.