आज मितिः २०८३ कार्तिक १५ गते

एनपीएल अन्तर्गत आज हुने दुवै खेल प्रभावित हुने सम्भावना

काठमाण्डौ –

काठमाण्डौमा निरन्तर झरीले गर्दा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ ।

अहिले मैदानलाई कभरले ढाकिएको छ । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।

तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ ।

एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एकरएक अंक बाँड्ने छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.