काठमाण्डौ –
आज तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ । काठमाण्डौ उपत्यका तथा बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सुकुहिरो फैलिएको छ ।
बिहानको हुस्सु र कुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । हिजो बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।