आज मितिः २०८३ कार्तिक १६ गते

हिमपातपछि फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार

Uddar News

काठमाण्डौ –

बाजुराको बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

अत्यधिक हिमपातपछि बडीमालिकामा रहेको त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्नुभएको थिए भने कञ्चनपुरको बेदकोट नगरपालिकाका २० वर्षीय मनिष बोहरा सम्पर्कविहीन छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.