आज मितिः २०८३ बैशाख ५ गते

सम्पन्न भएको २ दिने चितौने कचेहेरी

चितवन

दिपक गौतम

देख्न मात्र होईन देखाउन मात्र होईन हेर्न र सुन्न लायक थियो “चित्तौन कचेहेरी”

एक जोशिलो यूवा सागर कार्की जसको सोंचले यति उत्कृष्ट २ दिने त्यो पनि बिहान देखि बेलुकी सम्म लामो वैचारिक मन्थनको कार्यक्रम सम्पन्न गरायो ।देश देखि विदेश सम्मका वैचारिक रुपमा अब्बल, साँच्चिकैको/वास्तविकतामा आधारित ज्ञान सोंच र प्रस्तुति दिन सक्ने विद्वानहरुको यो महासंगम मात्र थिएन , समाजका हरेक पक्ष ,हरेक वर्ग, हरेक क्षेत्र(सामाजिक,राजनैतिक,भौतिक, वातावरण) संग सम्बन्धित कुराहरुको बारेमा अत्यन्तै सरल तरिकाले उजागार गर्दै देखिएका समस्या/चुनौतिहरु र त्यसको निराकरणको लागि गर्न सकिने संभावना तथा विकल्पहरु पनि छन है खोज गरौं भन्ने तर्कले सबैमा आशा जगाईरहेको थियो, यो एक वैचारिक महामेला पनि थियो ।

बालक देखि वृद्धसम्मका मनोभावना समेटिएको, देश देखि प्रदेशसम्मका नेपालीहरुको कथा समेटिएको ।समाज भित्र बाहिरका वेथितिहरुको उजागार गरिएको ।समस्यालाई समाधान सहितको बाँटो देखाउन प्रयत्न गरिएको ।वातावरणको रक्षार्थ वातावरण मैत्री कार्यक्रम सेट तयार गरेर यसरी २ दिने वैचारिक वहस विचारहरुको उत्सव चित्तौन कचेहेरीको नाम दिएर संचालन हुनु र त्यसको एक हिस्सा सामाजिक संस्था वे ग्रुप नेपाल र चितवन सेवा समाजको तर्फबाट हुन पाउनु मेरो लागि साँच्चिकै गर्वको क्षण बनेको छ ।

विशेष धन्यबाद सागर कार्की भाई/बेटर चितवन लाई दिन चाहन्छु ।जसले हरेक पटक कार्यक्रम आयोजना गर्दै निकै पृथक तरिकाले गर्नुहुन्छ ।भरतपुरमा देखिएका धेरै सामाजिक संस्थाहरुको आ-आफ्नै प्रकारको कार्यशैली छ ।बेटर चितवन र वे ग्रुप नेपालको लगभग उस्तै उद्देश्य भएको कारण धेरै पटक उहाँहरुसंग जोडिएर यस प्रकारका कार्यहरुमा सहभागिता गर्न पाउनु एक सामाजिक अभियन्ताको हिसाबले आफुलाई निकै गर्वानुभुती भईरहेको जानकारी गराउन चाहन्छु !!

भरतपुर महानगरपालिका देशभरको एक यति भाग्यशाली पालिका हो जसले निस्वार्थ समाजसेवा गर्ने निकै राम्रा विषयवस्तु प्रस्तुत गर्न सक्ने वातावरण तथा मानवताको रक्षा गर्न सक्ने थुप्रै स्वयंसेवकहरु पाएको छ ।देशका अन्य कुनै स्थानमा यति धेरै स्वयंसेवक देख्न सकिंदैन ।यस बीच कोही व्यक्तिगत रुपमा आर्थिक लाभ लिन मात्र सामाजिक सेवक बने जस्तो गर्ने तर पैसा बिना कतै नहल्लिने ।निःस्वार्थ कामको लागि समय र स्वास्थ्यले साथ नदिने तर त्यही व्यक्ति कतै आर्थिक कुरो आउने बित्तिकै लाईभ क्यामेरा गरेर तत्काल जोडिई हाल्ने तथ्य पनि भयानक रुपमा देखिएको छ ।समाज सेवाको यो पक्ष चाहिं अलिक डरलाग्दो नै छ ।

अन्त्यमा

हाम्रो भरतपुर महानगरपालिकाले आफ्ना विभिन्न कार्यक्रमहरु गरिरहँदा यसरी निःस्वार्थ समाजको लागि लडिरहेका वातावरणको रक्षार्थ लडिरहेका मानवताको रक्षार्थ लडिरहेका सामाजिक व्यक्ति र संस्थाहरुलाई पनि उचित सम्मान दिन सकोस, भरतपुर भित्र नै अब्बल संस्थाहरु व्यक्तिहरु छन् चिन्न सकोस् भन्ने शुभ-भाव व्यक्त गर्न चाहन्छु ।

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.