आज मितिः २०८३ श्रावण २४ गते

सानातिना उतारचढावबाट नआत्तिन सभापति लामिछानेको आग्रह

काठमाण्डौ –

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरेका छन् ।

सभापति लामिछानेले सही बाटोमा डोऱ्याएर गन्तव्यमा अबश्य पुगिनेछ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताए ।

सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने उनको भनाइ थियो ।

उनले चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.