आज मितिः २०८३ श्रावण २४ गते

हर्मुज जलमार्ग खुलाउन इरान र ओमानबीच वार्ता

काठमाण्डौं-


इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा वार्ता भईरहेको छ ।

ओमानको विदेश मन्त्रालयका अनुसार जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् ।

इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती सर्तमध्ये मुख्य रुपमा अघि सारेको छ । इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ । इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने पनि बताएका छन् ।

जोल्घद्रले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने लगायत माग अघि सारेका छन् । हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । सामान्य अवस्थामा विश्वमा प्रवाह हुने झण्डै २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.