आज 5 डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।स्वयमसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।त्यसैगरी स्वयमसेवा मानवताको पर्याय पनि हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वंसेवकहरुको ठूलो भुमिका छ। किनभने सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । विश्व भर स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकहरुले आफ्नो सेवा दिंदै आएका छन।तर हाल आएर कार्य अनि दायित्वलाई रकम अनि सुविधासंग तुलना गर्ने चलनले स्वयमसेवाको औचित्यमा कमी हुन थालेको छ । पछिल्लो समय कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने प्रचलनले पनि स्वयंसेवाको औचित्यमा कमी हुन थालेको देखिएको छ।

आज बिहीबार विश्वभर स्वंयमसेवक दिवस मनाईरहँदा पछिल्लो समय नेपालमा स्वयमसेवाको भाव मानिसहरुमा हट्दै गएको पाइन्छ । प्रविधिको बढ्दो प्रयोग र विदेश पलायनले युवा पुस्तामाझ स्वयमसेवाप्रति रुची घट्दै गएको हो ।अर्को भनेको केवल नाम कमाउन मात्रै यस क्षेत्रमा लाग्नेहरुको कारणले पनि स्वयंसेवकलाई हाम्रो समाजले हेर्ने दृस्ठिकोण पक्कै पनि राम्रो छैन।हामीले हाम्रै देशको पृष्ठभुमि लाई नै हेर्नेहो भने पनि समुदायमा स्वयंसेवकहरु मानवीय र सामाजिक कार्यमा
समुदायमा स्वच्छभावले काम गर्नू र समुुदायमा परेका समस्याहरुलाई हल गर्नू तथा कसैलाई समस्या परेको समयमा सहयोग गर्नू लाई स्वयमसेवा मानिन्थ्यो।पहिलेपहिले हाम्रो गाउँघर तिर युवाहरुको टोलीले गाउँमा बाल क्लव, युवा क्लव, गुठी, उपभोक्ता समिति जस्ता विभिन्न नाममा समाजका लागि निःशुल्क काम गर्ने प्रचलन थियो ।गाउँ शहरमा परेका समस्याहरुलाई एकजुट भई समाधान गर्दथे । गाउँ टोलको बाटो घाटो सफा गर्नेदेखि लिएर कुवा पधेरो र पानीको मुहान सफा गर्ने बनमासा झार फडानी लगायत समुदायमा केहि समस्या पर्दा स्वयमसेवी भावले काम गर्ने गर्दथे ।
तर पछिल्लो समय मानिसहरु बढी ब्यक्तिबादी बन्दै गएका छन् । जसको कारण स्वयमसेवाप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । पछिल्लो समय गाउँघरतिर त कसैको मृत्यु भएमा अथवा महिलाले सुत्केरी ब्यथा लागेको बेलामा काँधमा वा थुम्सेमै बोक्ने मानिस पनि खोज्नुपर्ने अबस्था छ ।कतिले त बोक्ने मान्छे नपाएको कारण अकालमा ज्यानै गुमाउनु पनि परेकोछ।गाउँका गाउँ खाली भएको कारण र आफन्त पलायनको कारण जनशक्ति अभावले गर्दाअब हुंदा हुँदा मलामीको निम्ति पनि स्वयंसेवक नै खोज्नु पर्ने अवस्था देखिएकोछ ।जसको हाम्रो गाउँ घरमा ठुलै खडेरी परेको पाइन्छ।स्वयंसेवक समाजको महत्त्वपूर्ण अंग र ठूलो आवश्यकता हो भन्ने कुरालाई हामीले कत्तिपनी बिर्सिनु हुँदैन।
यद्यपि अहिले पनि हामीले औपचारिक होस या अनौपचारिक रुपमा समुुदायलाई स्वयमसेवकको रुपमा काम गरीरहेका हुन्छौ । नेपालमा कुुल जनसंख्याको ४३ प्रतिशत जनसंख्या युवाहरुको रहेको छ ।
युवाहरुको संख्या यति धेरै भए पनि उनीहरुमा स्वयंमसेवाको भावना कम हुँदै गएको छ । स्वयमसेवाप्रति युवाहरुको आकर्षण बढाउनका लागि सरकारले ठोस निति ल्याएर काम गर्नूपर्ने युवाको भनाई छ ।नेपालमा विभिन्न क्षेत्रमा कृयासिल रहेका स्वयंसेवकको भूमिकालाई नकार्न सकिन्न।चाहे त्यो विभिन्न समयमा आइपर्ने दैवीप्रकोप होस अथवा विभिन्न प्रकारका दुर्घटना होस सबैमा जहाँ पुरुषहरुको भूमिका पाइन्छ त्यहीँ महिलाहरुको भूमिका पनि प्रसंशनिय रहेको छ।महिलाहरु विशेषगरि स्वास्थ्य र सामाजिक क्षेत्रमा निस्वार्थ भावनाले लागेको पाइन्छ।यस बर्ष पनि बाढिपहिरो आँउदा, बिगतका दिनमा भुँइचालोको समयमा, शितलहरको बेलामा होस या अन्य कुनै पनि बिपतको बेलामा अफ्ठेरो समय र परिवेशमा घरदैलोमा आइपुगेका निस्वार्थ स्वयमसेवी महिला तथा पुरुष बास्तबमै हाम्रा दुख्खसुख्खका साथी हुन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड कै रुपमा लागेको कुरा दुर्गम क्षेत्रमा उनिहरुको सेवाबाट छर्लंग हुन्छ।उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टर र चिकित्सकको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सराहनीय छ ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका-ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । पोलियो विरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने अभियानमा पनि निक्कै अग्रसर रहेका छन्।
नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।
स्वयमसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टी छ र संधै स्वयमसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहिं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग र सहकार्य गरौँ ।
एक दिन संगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं र आफूपनि हाँसौं ।मानवीय सेवामा आफुलाई सधैं अगाडि राख्न सक्नु ठुलै भाग्य हो भन्ने हामीले बुझ्नु पर्दछ! “दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वयंसेवकहरूको योगदान” भन्ने यस बर्ष २०२४ को नारालाई व्यवहारमा सार्थक बनाऔं भन्ने नारालाई आत्मसात गर्दै अन्तरास्ट्रिय स्वयंसेवक दिवस 2024 को उपलक्ष्यमा सम्पूर्ण स्वयंसेवक तथा मानवीय एवं सामाजिक कार्यमा कार्यरत मित्रहरूमा हार्दिक शुभकामना छ।सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनीय छ ।
सबै स्वंसेवकहरुलाई नमन ।
– प्रोफेसर मोहम्मद रमजान अली मियाँ
राष्ट्रिय मानवअधिकार आयोग कतार