काठमाडौं –
थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार गरि नेपाल पठाएको छ । ५६२, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल पठाएका हुन् ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रमा अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’हरूमा नेपालीलाई पठाउने दुई सयभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि पठाएको छ । दूतावासले ठूलो संख्यामा मानव तस्करको नाम तथा ठेगाना थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो ।
थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिबाना रकम मिनाहा गराएको छ । दूतावासले भिसा शुल्क तथा जरिबाना रकम मिनाहा गरेकाहरूलाई ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गरी नेपाल फर्काउँदै आएको छ ।
दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रबाट उद्धार गरिएकाहरूलाई नेपाल फर्काउनुअघि उनीहरूलाई प्रलोभन देखाई अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्न पठाउने व्यक्तिको नाम सोध्ने गर्छ ।
मानव तस्करहरूले प्रलोभन देखाई नेपालीहरूलाई दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालित अलनाइन स्क्यामिङ सेन्टरहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाउने गरेको पाइएको छ ।
उद्धारपछि फर्केका पीडितहरूका अनुसार, काम गर्ने क्रममा नेपालीलाई ‘टार्गेट’ दिइन्छ । ‘टार्गेट’ हासिल गर्न नसकेमा शारीरिक थकान हुने सजाय दिने गरिन्छ । पानीको जार बोकाई भर्याङमा तलमाथि गर्न लगाउने, खुट्टाले शरीरमा कुट्ने, करेन्ट लगाउने, अध्याँरो कोठामा थुन्ने, फ्रग जम्प गर्न लगाउनेजस्ता सजाय दिने पीडितहरूले बताउँदै आएका छन् ।
काम मन नपरेको र त्यहाँबाट निस्कन खोज्दा आठ लाख नेपाली रुपैयाँ बुझाउन लगाउने अन्यथा ‘तिमीहरू जान पाउँदैनौँ’ भनी बन्धक बनाउने र बाध्यकारी रूपमा काम लगाउने गरेको पनि पीडितहरूको भनाइ छ । ‘टार्गेट’ हासिल गर्न दिनको १८ घण्टासम्म काममा लगाउने गरिन्छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्र पुगेका नेपालीहरू अनेक आपराधिक घटनामा संलग्न भएको पनि पाइएको छ । कम्बोडियाका जेलमा २९ नेपाली संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा छन् ।
म्यानमारमा थुनामा १८ नेपाली छन् । यसरी कम्बोडिया र म्यानमार कारागारमा ४७ नेपाली छन् ।
उद्धार गरिएका अधिकांश भ्रमण ९भिजिट० भिसामा ती देश गई त्यहाँ अवैध रूपमा सञ्चालित ‘स्क्यामिङ सेन्टर’मा काम गर्नेहरू छन् ।