आज मितिः २०८३ असार १ गते

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ र आइभरी कोस्टद्धारा इक्वेडरलाई १–० ले पराजित

काठमाण्डौं-

फिफा विश्वकप फुटबल अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराएको छ । स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे ।

ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

त्यस्तै आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ । फिलाडेल्फियामा केहीबेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । अमद डियालोले ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ‘ई’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.