आज मितिः २०८३ बैशाख ५ गते

सूर्यदर्शन सहकारीको रकम ठगि आरोपमा एक जना पक्राउ

काठमाडौं –

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगि आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.