आज मितिः २०८३ बैशाख ६ गते

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज “श्री १०८” पद बाट विभूषित

२२ मंसिर, रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरका संस्थापक वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषण प्रदान गरिएको छ । भारतको जामनगर, गुजरातबाट आउनुभएका श्रीकृष्ण प्रणामी धर्म, निजानन्द साम्प्रादायका धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषित गर्नुभएको हो । रत्ननगर १० स्थित कृष्णमन्दिरमा आज आयोजित एक समारोहका बीच सु-स्वास्थ्यको कामना गरिएको सम्मान-पत्र सहित सो पद बाट विभूषित गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, टिकौलीका कार्यवाहक अध्यक्ष जगदीशचन्द्र बरालले जानकारी दिनुभयो । जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीले समाजमा प्रदान गरेको योगदानको प्रशंशा समेत गर्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर, टिकौलीका उत्तराधिकारी महन्त, धर्म संरक्षक कृष्ण मङ्गलमजी महाराजले संस्थापक गुरुजीको जीवनी तथा संस्था प्रतिको योगदानबारे प्रकाश पार्नुभएको थियो ।

को हुनुहुन्छ श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज

पवित्र भूमि नेपालको मध्यभाग चितवन जिल्ला अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर टिकौली २०१७ सालमा स्थापना गरी निज मन्दिरको सेवा पूजा आफैंले सम्हाली जीवनमा आर्जन गरेका सम्पूर्ण जग्गा जमीन सहित चल अचल सम्पती वि. सं. २०२३ सालमा श्रीकृष्ण प्रणामी सेवा समितिका नाममा श्रीकृष्णार्पण गर्नु भएका वयोवृद्ध तपोनिष्ट सन्त श्री वृजदासजी महाराज सामाजिक रुपमा समेत सम्मानित व्यक्तित्व हुनुहुन्छ । वि. सं. १९८५ पौष ११ गते तनहुँ जिल्ला गण्डकी अञ्चलको भीमाद राङ्रुङमा पिता शालिकराम खनाल र माता रमा खनालका सुपुत्रका रुपमा जन्मनु भएका गुरुजी श्री वृजदासजी महाराजले १५ वर्षको उमेरमा परमहंस श्री १०८ जुगलदासजी महाराजबाट तारतम दीक्षा ग्रहण गरी श्री ५ नवतनपुरी धाम जामनगरका आचार्य श्री १०८ धर्मदासजी महाराजश्रीबाट श्रीमत्तारतम सागरको तालिम शुभारम्भ गरी वाणीविज्ञ सन्त श्री मोहन मुकुन्द महाराजबाट तारतम वाणी सहित चर्चनी वीतक विराटको तालिम पूरा गर्नुभएको हो । भारतको वाराणसीमा उत्तरमध्यमा सम्मको संस्कृत शिक्षा अध्ययन गरी श्री ५ पद्मावतीपुरी धाममा परमहंस गुरुजी श्री १०८ मंगलदासजी महाराज कालिम्पोंग बाट वैराग्य भेष धारण गर्नुभयो ।
श्री तारतम वाणीको प्रथम छपाइका अवसरमा सन्त श्री मोहनमुकुन्द महाराजका साथ इलाहावादमा विशेष आर्थिक सेवा पु¥याउदै महत्वपुर्ण योगदान गर्नुभयो । नेपालको पश्चिमी भेग बाट आफ्नो जन्मस्थान पुगी धर्म जागनी कार्य गरी २०१७ वि. सं. देखि चितवन जिल्लामा रही ३००० भन्दा बढी भक्तजनलाई दीक्षा प्रदान गरी आफ्नो सम्पूर्ण जीवन श्रीकृष्ण परमात्मा र सुन्दरसाथ समाजमा पु¥याउनु भएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.